दाङको घोराही कारागार भित्रै विद्यालय स्थापना, हाललाई अंग्रेजी र नेपाली भाषाको कक्षा संचालन

  • माघ १५, २०७६
  • कालापानी मिडिया
alt

सुमन केसी
दाङ ।दाङको घोराहीमा रहेको कारागारमा कैदि बन्दिहरुलाई शिक्षा दिन शुरुगरिएको छ । ज्ञान ज्योति बिद्यालय नामाकरण गरेर कारागारमै बिद्यालय स्थापनागरीएको छ । अशिक्षित लाई शिक्षित बनाउने उद्धेश्यले अंग्रेजि र नेपाली भाषाको कक्षा संचालनगरी कैदिहरुलाई पढाउन थालिएको हो ।
कारागार भित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली बर्णमाला टाँगिएको छ । यो सजावट नभएर कारागारका कैदिहरुलाई शिक्षा दिनको लागि कक्षाकोठा निर्माण गरीएको हो । अटाई नअटाई केहि पढ्न चाहाने युवाहरुले केहि लेख्दै छनर भने एक जना शिक्षक युवकले पढाउदै छन । हो यो दृष्य त्येहि कारागार भित्र रहेको ज्ञान ज्योति बिद्यालयको हो । यँहा पढ्दै र पढाउदै गरेका सबै सजाय काट्न आएका कैदि हुन ति मध्ये कोही लामो सजाय भोग्दै छन भने कोही भर्खरै सजाय भोग्न आएका कैदि हुन । बिभिन्न समस्याले पढ्न नपाएका र बिभिन्न मुद्धामा सजाय काट्न आएका कैदिहरुले अहिले आफुले केहि सिक्न पाएकोमा खुसि व्यक्त गरेका छन ।

बिगत १२ बर्ष जेल जिवन बिताउदै आएका अंङ्ग्रेजि बिषयका बिद्यार्थि कैदि प्रेम चौधरी र ६५ बर्षिय अम्मर बहादुर यादव पनि यो उमेरमा पढ्न पाउदा खुसी देखिन्छन् । पहिले ल्याप्चे लगाउने मानिस अहिले सहि गर्ने र जोड घटाउ समेत गर्न जानेकोमा निकै खुसि भएका छन् । अर्का कैदि जित बहादुर महराले कारागारमा आएर शिक्षा संगै बिगतमा आफुले गरेका गल्तिहरु सुधार्दै जाने बताए ।

कारागार भित्र अनौपचारीक शिक्षा दिन बिद्यालयनै स्थापना गरीएको छ । कारागारमा रहेका कैदि मध्येबाट प्रमाण पत्र तह उतिर्ण गरेको र योग्य ब्याक्ति छनोट गरी शिक्षक समेत नियुक्त गरीएको घोराहि कारागारका प्रमुख जेलर बिष्णु प्रसाद पान्डेले बताए ।

कारागारमा बन्दि जिवन बिताइरहदा पाएको अवसरलाई पश्चातापको रुपमा लिदै ज्ञान बाड्न पाउदा र यो अवसर जुटाइदिने हरु प्रति आफु निकै खुसि भएको कैदि शिक्षक प्रकाश परीयारको भनाइ छ ।

कारागार भित्र अक्षर नचिन्नेहरुका लागि अनौपचारीक शिक्षा र शिक्षितलाई अंङग्रेजि भाषाको शिक्षा समेत संचालन गरीएको छ । यसरी संचालित कक्षाबाट कैदिबन्दिले समयको सदुपयोगका साथै ज्ञान प्राप्त गर्ने अवसर समेत पाएका छन । यँहा पढाउने शिक्षकले तलव नपाएपनि बार्षिक २ महिना कैद मिनाहा गरीदिने ब्यबस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved