सुनसरीको बराहक्षेत्र नगरपालिकामा खानेपानीको धारा वितरण

उपभोक्ताहरु लाभान्वीत

  • माघ १५, २०७६
  • कालापानी मिडिया
alt

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खानेपानीको धारा वितरण भएपछी स्थानिय उपभोक्ताहरु लाभान्वीत भएका छन् । महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले धारा वितरण गरेपछी स्थानियले सफा तथा शुद्ध पानी पिउने भएका छन् ।

विगतका वर्षहरुमा टुवेलबाट सहज रुपमा पानी नआउने आएपनि आर्सनीय फलाम मिसिएको पानी आउने गरेका कारण बराह क्षेत्रका मानिसहरु समस्यामा परेका थिए । महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले धारा वितरण गर्न थालेपछि बराहक्षेत्र बासी लाभान्वीत भएका छन् । बराह क्षेत्रबासीलाई लक्षितगरी ४ हजार ५ सय धारा वितरणको योजना सहित आयोजनाको काम भएको हो । हाल सम्म २७ सय धाराहरु वितरण गरेको संस्थाका अध्यक्ष भवानी धिमालले बताए । धारा वितरण गर्दा सुरुका दिनहरुमा केही कठिनाइहरु भएपनि हाल आएर उपभोक्ताहरु धारा जडानका लागि आउने गरेको अध्यक्ष धिमालको भनाई छ ।

विगतका बर्षमा आर्सनिक युक्त पानीका कारण बराह क्षेत्रका स्थानियहरु समस्यामा परेका थिए । खानेपानी संस्थाले धारा वितरण गरेपछी सफा र स्वच्छ पानी पिउन पाएकोमा स्थानिय खुसी भएका छन् ।

एशियाली विकास बैकको ७० प्रतिशत सहयोग, नगरविकास कोषको २५ प्रतिशत र उपभोक्ताहरुको ५ प्रतिशत गरी कुल २२ करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । खानेपानी संस्थाले २०७२ सालबाट निर्माण कार्य थालेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved