सबै प्रदेशमा सशस्त्र प्रहरीले अस्पताल र विद्यालय सञ्चालन गर्ने

  • माघ १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । देशका चारवटा प्रदेशमा अस्पताल अस्पताल सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले अब सातै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्ने भएको छ।

आफ्ना कर्मचारी र उनीहरुका सन्तालनलाई सेवा दिने उद्देश्यले सशस्त्रले सबै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्न लागेको हो। 

देशका सातवटै प्रदेशमा आफ्नै अस्पताल र विद्यालय सञ्चालनको लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। हाल सशस्त्रले चार प्रदेशमा अस्पताल सञ्चालन गर्दै आएको छ।

सशस्त्रले हाल प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा सञ्चालन गरिरहेको छ। 

अब गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा पनि अस्पताल सञ्चालन गरिने सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए। 

यो वर्ष गण्डकी प्रदेशमा आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एकवटा फिल्ड अस्पताल विस्तार गर्ने तयारी सशस्त्रले अघि बढाएको हो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved