बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित

  • माघ १६, २०७६
  • कालापानी मिडिया
alt

भिम पौडेल
बाँके । सरकारले व्यक्तिको नाममा गएको नेपालगन्ज बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित भएका छन् ।
मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै त्यो जग्गा किनेर बसेका स्थानीय बासिन्दाहरु ‘आफुहरुको के दोष’ भन्दै आन्दोलनमा उत्रिएका हुन् । मन्दिरको जग्गा किनेर बसेकाहरु इन्द्रपुरबाट नारा जुलुशसहित आज वीपीचोकमा आएर प्रदर्शन गरेका छन् । सरकारद्धारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बधन्धी जाँचबुझ आयोगले पाँच महिना लगाएर अध्ययन गरेपछि व्यक्तिको नाममा गएको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने रायसहित सरकारलाई प्रतिबेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेको छ ।
डेढ सय बर्षदेखि जग्गाको तिरो तिरेर बसेका स्थानीय बासिन्दाले हचुवाको भरमा सरकारले निर्णय गरेको आरोप लगाएका छन् । २०११ सालदेखि तिरो तिरेर बसेको ठाउँबाट सरकारले उठाउन खोजे चुप लागेर नबस्ने स्थानीय दीपक मल्लले चेतावनी दिनुभयो । उहाँले कागज र प्रमाण हेरेर छानविन गर्न आग्रह समेत गर्नुभएको छ । आजको आन्दोलनलाई सांकेतिक भनेका स्थनीयले सरकारले हटाउन सशक्त आन्दोलनको चेतावनी दिएका छन्। आयोगले मन्दिरको ८४ विघा जग्गा व्यक्तिको नाममा गएको ठहर गर्दै फिर्ता गर्नुपर्ने रायसहितको प्रतिवेदन सरकारलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved