नेकपा र कांग्रेस परित्याग गरि ५० बढि युवा राप्रपा प्रबेश

राप्रपामा प्रबेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै

  • माघ १६, २०७६
  • कालापानी मिडिया
alt

झापा । झापाको भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी ५० भन्दा बढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । राप्रपा नगर समिति भद्रपुरको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु राप्रपा प्रवेश गरेका हुन् ।83265516_2747788045334545_1061252986816167936_o

यसरी पार्टीमा प्रवेश गर्नेमा सत्तारुढ नेकपा, नेपाली कांग्रेस लगायत अन्य दलका नेता तथा कार्यकर्ता छन् । नव प्रवेशीलाई राप्रपाका महामन्त्री राजेनद्र लिङ्देनले अविर लगाएर सदस्यता प्रदान गरेका हुन्।

83309580_2747787818667901_7931593071337144320_o

नव प्रवेशीलाई स्वागत गर्दै महामन्त्री लिङ्देनले पार्टीलाई बलियो वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने अभियानमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।

83205217_2747787745334575_2307212489600794624_o

उनले राप्रपा सकियो भन्नेहरूलाई लक्षित गर्दै भने, ‘दैनिकजसो सयौंको संख्यामा राप्रपा प्रवेश गर्नेको संख्या बढ्नु राप्रपा सकियो भन्नेहरुका लागि चूनौति हो । हामी पार्टीलाई वैकल्पिक शक्ति बनाउने अभियान छौं । हामीलाई विश्वास गर्दै जोडिन आउनु भएका सबैलाई स्वागत गर्न पाउँदा हर्षित छु ।’ महामन्त्री लिंङदेनले झापामा मात्रै दैनिक दर्जन बढिलाई पार्टी प्रबेश गराउँदै आएका छन् ।

84350944_2747788695334480_2761777272565268480_o
उसोत आफूलाई बैकल्पिक शक्ति बनाउन लागि परेको राप्रपाप्रति यतिबेला युवाहरुको आकर्षण पनि बढ्दै गइरहेको छ । राप्रपाले जातीय आधारमा भन्दा पनि क्षमता र योग्यताका आधारमा आरक्षण दिनु पर्ने माग राख्दै आएकाले पनि राप्रपामा प्रबेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । राप्रपाले आफूलाई हिन्दु राष्ट्र पुनर्स्थापनाको एजेण्डासहित बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न देशव्यापि अभियान नै चलाइरहेको छ ।

83954288_2747788212001195_5521177392401350656_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved