भिजिट भिसामा विदेश पुर्‍याइ अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याइ नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल टिम गठन गरेको बताए ।

मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरूलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजी–खोजी कारबाही गर्ने बताए । उनले विदेश जाने नेपालीहरूले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताए। उनले आउँदो आइतवारदेखि मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना हुने समेत बताए।

मन्त्री श्रेष्ठले भने, ‘हामीले दलालहरूलाई, ठगहरूलाई तह लगाउने गरी मार्शल टिम गठन गरेका छौँ । म के चेतावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि अपराध गर्नेहरूलाई छोडिँदैन । कि आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकार गरी झुक्याएर, ठगेर लगिएका नेपालीलाई छिटो भन्दा छिटो नेपाल पठाउँछु भन्नुपर्छ । मान्छेबाट गल्ती हुन सक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन । यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्ने छैन ।’

त्यस्तै पीडितहरूले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दलालहरूले कुनै रोजगारी नदिएको उनीहरूले गुनासो गरेका छन् । पीडितहरूले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए ।

पीडितहरूले त्यहाँ रहेको दूतावासले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् । आर्थिक स्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको उनीहरूले गुनासो गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केही दिनयता तातेको छ । हजारौँ नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि उनीहरूले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved