धनगढीमा दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

  • माघ १७, २०७६
  • कालापानी मिडिया
alt

कृत विष्ट

धनगढी । धनगढी उप–महानगरपालिकाले आयोजना गरेको दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता शुक्रवार देखि धनगढीमा सुरु भएको छ ।
धनगढी रंगाशालामा सुरु भएको दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले दोश्रो नगरस्तरीय राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिताका साथै नगरले हरेक वडामा खेलकुदका कार्यक्रमहरु गर्दै आईरहेको बताए । धनगढी खेलकुदका क्षेत्रमा देशमै राम्रो स्थानमा रहेको छ नगरप्रमुख वडले भने, यस्तै खेलकुदका गतिविधीहरुबाट नै खेलाडी जन्माउने हो ।
नगरप्रमुख वडले खेलाडी भएको समाज अनुशासित हुने भएकाले हरेक समाजमा खेलाडीहरुको उपस्थीति हुनुपर्ने बताए । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले धनगढी उप–महानगरपालिकाले खेलकुदका क्षेत्रमा ठूलो लगानी लगाईरहेको बताए । वडाहरुमा धामाधम खेल मैदान निर्माण गर्न थालिएको छ प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, बिभिन्न खेलमा प्रतियोगितात्मक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । धनगढी उप–महानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख बिष्णु प्रसाद कोईरालाले खेलकुद प्रतियोगितालाई भब्य बनाउन आग्रह गरे ।
नगरखेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले नगरक्षेत्रमा २२ वटा विद्यालयहरुले सहभागिताका लागि नाम दर्ता गराएको बताए । उनले भने, खेल तीन दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved