भ्रष्ट आरोपमा मोसो दल्न थालिएपछि कर्मचारीहरुले गुहारे गृहमन्त्री

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका कार्यकर्ताहरूले पछिल्लो समय भ्रष्टाचार आरोपमा आक्रमण तीव्र बनाएपछि निजामती कर्मचारीका नेताहरुले गृहमन्त्री गुहारेका हुन्। उनीहरुले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई सिंहदरबारमा भेटेर संविधान र कानुनको पालना गराइदिन भनेका हुन्। 

त्यसक्रममा मन्त्री खाँणले सरकार संविधान र कानुनको पालना गर्ने दायित्वबाट पछि नहट्ने बताए। नेपाल निजामति कर्मचारी युनियनले विभिन्न स्थानका सरकारी कार्यालयका कर्मचारीमाथि कानुनविपरीत आक्रमण र दुर्व्यवहार गर्नेमाथि कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। 

त्यसक्रममा गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्। ‘सरकारको दायित्व संविधान र कानुनको पालना हो,’ गृहमन्त्री खाँणले भने, ‘कानुनविपरीत काम गर्नेलाई कारबाही हुन्छ। हामी अनुसन्धान गरिरहेका छौँ।’

उनले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताएका छन्। 

युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लामा कर्मचारीमाथि भएका आक्रमण र दुर्व्यवहारका घटनाका दोषीलाई कानुनी कारबाही माग गरेका छन्। 

कानुन विरोधी काम गर्नेविरुद्ध सरकारले शान्ति सुरक्षामा आफ्नो  दायित्व र कर्तव्य निर्वाह गर्न पनि युनियनले आग्रह गरेको छ। पछिल्लो पटक डिभिजन वन कार्यालय पहलमानपुर कैलाली अन्तर्गतको सव-डिभिजन वन कार्यालय पचमुडियामा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दलिएको थियो।

त्यसअघि सोमबार शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव-इन्जिनियर पवन कुमार यादवलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालयमै मोसो र जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका थिए।

पछिल्लो समय खास गरी प्राविधिक कर्मचारीहरु विप्लवसहितका समूहको आक्रमणमा परिरहेका छन्। उनीहरुमाथि घुस लिएको, विकास आयोजनाबाट कमिसन खाएको र ठेकेदार तथा जनप्रतिनिधिसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाउने गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved