एकेन्द्र चन्द
डोटी । केहि वर्षयता नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढेको छ । यसको एक मात्र कारण सिमित स्रोत साधनबीच नेपाली क्रिकेटले हासिल गरेको सफलता नै हो । यहि सफलताका विच सुदूरपश्चिम प्रदेशको डोटीका युवाहरुले पनि क्रिकेटमा भविष्य खोज्दै आएका छन् ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा क्रिकेट खेलाउने लहर नै चलेको छ । क्रिकेटमा युवाहरु आफ्नो भविष्य खोज्न थालेका छन् । राष्ट्रिय क्रीकेट टोलिको २४ खेलाडी भित्र डोटी बोगटानका लोकेश बम अटाएपछि डोटीका युवाहरु पनि क्रिकेट तिर आकर्षित बन्न थालेका हुन् । चाँडबाडमा मात्रै खेलिने क्रिकेट यतिबेला हरेक गाउँ गाउँमा जतिवेला पनि खेलिन थालेको वडिकेदार गाउँपलिका पाँचका वडाध्यक्षको भनाइ छ ।
आफुहरुले दिनहु जसो क्रिकेटको अभ्यास गर्दै गरेको वताउदै युवाहरु राज्यले सहयोग गरे भबिष्यमा क्रिकेटमा सफल भइने वताउँछन् ।
क्रीकेटले अन्तरास्ट्रिय स्तरमा समेत राम्रो छवि बनाउन सफल भएको अवस्थामा आफ्नो गाउँ ठाउका युवाको क्रिकेटप्रतिको लगाव देखेर वडामा खेलमैदान वनाउने लक्ष रहेको बडिकेदार गाउँपालिका पाँचले जनाएको छ । आगामी बजेटमा यसका लागि रकम छुट्याउने गाउँपालिकाको भनाई छ ।
यतिवेला धेरै जसो नेपाली युवाहरु क्रिकेटमा नै आफ्नो खोज्दै हिडेपनि स्रोत साधनको अभावमा भने उनिहरु अगाडी बढ्न सकेका छैनन् । अझ कमजोर ब्याटिङका कारण क्रिकेटमा समस्या आउने गरेको वताउदै युवाहरु स्कुल स्कुलमा पमा क्रिकेटको प्रशिक्षण दिलाउनुपर्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved