लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो। यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्याइरहेको हुन्छ।
बनाउने तरिका
दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने। त्यसमा ताजा (काँचो) मह मिसाउने। मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ। यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने।
पखालाबाट छुटकारा
यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृत’ हुनसक्छ। यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ। यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ।
घाँटीको इन्फेक्सनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ। यसको मि श्रणमा एन्टी(इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ।
लसुनले शरिरमा रहेका स्वास्थ्यलाई हानी गर्ने ब्याक्टीरिया तथा परजीवीसँग लड्न सहयोग पु¥याउँछ । लसुनमा ट्युमर प्रतिरोधि तत्व रहेको हुन्छ । जसले क्यान्सरसँग लड्न भूमिका खेल्छ । लसुनको प्रयोगले निसन्तानको समस्या पनि समाधान गर्न सक्छ । स्तन क्यान्सरसँग लड्न लसुन सधै प्रयोग गर्न सकिन्छ ।
लसुनबाट सबै गुण प्राप्त गर्न प्रशोधित नभएर ताजा लसुन खानुपर्छ । ताजा लसुनमा मात्र रोग प्रतिरोधक क्षमता हुन्छ । लसुनबाट आउने तिखो गन्धबाट छुटकारा पाउनको लागी कफि, दही, दूध खान सकिन्छ । पेपरमिंट र चुइंगमको पनि प्रयोग गर्न सकिन्छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved