प्यूठानमा जन्ती चढेको जीप दुर्घटना : आठको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते

मृत्यु हुनेका एकै घरका तीन जनासम्म, घाइतेहरुको अवस्था गम्भिर

  • माघ २२, २०७८
  • कालापानी मिडिया
alt

प्युठान । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका-६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरु गौमुखी गाउँपालिका-६ का स्थानीय हुन् ।

दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बेहुला-बेहुलीसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घाइते अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved