जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउने तयारी गरिएको हो ।

कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । प्रजिअ रिजालले भने ‘‘संक्रमणदर घट्दै आएको छ । यसबारे समीक्षा भइरहेको छ । अब स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने हो,”। आजदेखि केही नगरपालिकामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको छ ।

‘‘सार्वजनिक सवारीसाधनमा त जोरबिजोर हटिसक्यो । अब निजी सवारीसाधनको जोरबिजोरमा पनि खुकुलो गरेर पेसा, व्यवसाय चलायमान गराउनेतर्फ गृहकार्य गरिरहेका छौँ । कोरोना घट्दै गएकाले थप खुकुलो गर्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को बैठकले यसबारे निर्णय गर्नेछ । त्यसपछि उपत्यकाका तीन जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर०का प्रजिअको बैठक बसेर आजै नयाँ आदेश जारी हुन सक्ने प्रजिअ रिजालले जानकारी दिए ।

‘‘बैठकबारे भक्तपुर, ललितपुरका प्रजिअसँग सम्पर्क भएको छैन । बैठक बस्ने वातावरण भयो भने आज नै अर्को आदेश आउँछ,” उनले भने । सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved