काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जान लागेको ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा ओलीले स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी गर्ने छन् ।
ओली प्रधानमन्त्री बाट हटेपछि पहिलोपटक बालुवाटार जान लागेका हुन् । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेतासँग भेट गर्न लाग्दा यसलाई अर्थपूर्ण मानीएको छ । छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुन सक्ने बताइएको छ ।
स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ । जेठ ५ गते अघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न एमालेले सरकारलाई दबाव दिदै आएको छ । चुनावको मिति घोषणा गर्न सत्ता गठबनबाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकलाई समेत दबाबमा पार्न खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved