सुदूरपश्चिम प्रदेशभर फोरजि सेवा सुरु

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

कैलाली ।नेपाल टेलिकमले सुदूरपश्चिमका ९ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ। गत असोज १५ गते धनगढी र महेन्द्रनगरका विभिन्न १२ वटा सहरमा फोरजी सेवा विस्तार गरेको टेलिकमले प्रदेशका सबै जिल्लामा सेवा विस्तार गरिएको जनाएको छ।

जिल्ला सदरमुकामका प्रमुख सहरसंगै बाक्लो वस्ती भएका अन्य क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकमको क्षेत्रिय कार्यालय अत्तरियाका वरिष्ठ ईन्जिनियर जगदिश लेखकले बताए।

‘गत असोज १५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल टेलिकमको फोरजी सेवाको औपचारीक उद्घाटन गरेसंगै हाल सम्म सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाम तथा अन्य सहरमा सेवा विस्तार गरिएको छ।’ उनले भने।

‘सेवा संञ्चालनको लागि आवश्यक पर्ने दुई सय वटा टावरमा विटिएस र ईनोटपी जडान गरेसंगै प्रदेश भरी नै फेरजी सेवा विस्तार भएको हो।’ सुरुवातमा कैलाली र कञ्चनपुरमा बिभिन्न १२ वटा सहरमा मात्रै सेवा विस्तार गरिएको थियो।

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य राखिएको उक्त सेवा विस्तारका लागि सुदूरपश्चिममा अहिले तीन सय ८४ विटिएस र ईनोटपी आवश्यक छ। तर अहिले सम्म फोरजी सेवा भने प्रभावकारी हुन नसकेको गुनासो भने कायमै रहेको छ।

तर अहिले जुन स्थानमा जडान गरिएको छ उक्त स्थानमा कुनै समस्या नरहेको दावी टेलिकमको छ। नेपाल टेलिकमको फोरजी, द्रुत गतिको ईन्टरनेट सेवा हो। यसको एक विटिएसले पाँच किलोमिटरको क्षेत्रफलमा काम गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved