लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटर डोजर लगाएर भत्काईए

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

बुटवल । सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटर डोजर लगाएर भत्काईएका छन् ।
जिल्ला अदालतको आदेश पछि ४८ घण्टे अल्टिमेट दिएको अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन सुरु गरेको हो । पटक–पटक सूचना जारी गरेर सटर खाली गर्न अनुरोध गरेपनि व्यवसायीले अटेरी गरेपछि अस्पताल विकास समितिले बिहीबार बिहानै डोजर चलाएको हो । ५ नम्बर प्रदेश सरकारले अस्पतालका आसपास रहेका सबै सटरहरु हटाएर पर्खाल लगाई प्रादेशिक अस्पतालाई गौरवको योजनाका रुपमा विकास गर्ने योजना अगाडि बढाएको छ । गत कार्तिक १८ गते प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो ।

सटर हटाएर आकर्षक पर्खाल बनाउने र विशिष्टिकृत सेवासहितको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै आएको छ । अस्पतालको पुर्व र उत्तरतर्फ ७३ वटा सटरमा निजि मेडिकल तथा अन्य पसलहरु संंचालनमा रहेका थिए । अस्पताल विकास समितिले सटर खाली गर्न पटकपटक समयसिमा दिएपनि व्यवसायीहरु अदालत गएका कारण सटर खाली हुन सकेका थिएनन् । उता लुम्बिनी प्रादेशिक अस्पतालका सटर व्यवसायीहरूले आफूहरूलाई राज्यले अन्याय गरेको गुनासो गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved