सरकारलाई सुदूरपश्चिमका सांसदको प्रश्‍न २८ वर्षदेखि पश्चिम सेती किन अलपत्ररु

  • माघ २३, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदूरपश्चिमका सांसदले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन्।

बुधबार बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रियामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन्।

सांसदले २८ वर्षपूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी प्रश्‍नसमेत उठाए। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले बहुमतको सरकार आएकाले पश्चिम सेती परियोजना निर्माण अगाडि बढाउन सक्ने बताए।

84550018_2734025873311225_5760814031824748544_n

उनले भने, ‘नेपालमा विभिन्न समयमा सरकार परिवर्तन भई राजनीतिक अस्थिरताका कारणले परियोजनाले पूर्णता पाएन। अहिलेको सरकार दुई तिहाईको सरकार हो। भएकाले परियोजना कार्यान्वयन गर्न सक्छ।’

उनले लामो समयदेखि निर्माण गर्न थुप्रै सरकारले पहल गरे पनि कार्यान्वयनमा ल्याउन नसकेकोमा आलोचना गरे। नेता रावलले विदेशी कम्पनीलाई पहल गर्दा पनि पुँजी व्यवस्थापन गर्न नसक्दा कम्पनीले छाडेको बताए। उनले परियोजना निर्माण हुनुपर्छ भन्नेमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरिरहेको सांसदको एउटै मत रहेको समेत बताए।

उनले माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा यस परियोजनाको विषयमा चीनसँग सम्झौता भएको उल्लेख गरे। उनले भने,’सरकार केही दिन पछि ढल्यो। सो परियोजनाको काम रोकियो।’ उनले पश्चिम सेतीबारे सरकारलाई गम्भीर हुन आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदूरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। २८ वर्ष अगाडि शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘किन परियोजना अगाडि बढ्न सकेनरु विकासका लागि सुदूर पश्चिमेली एकजुट हुनुपर्छ। दुईवटा बजेट ल्याई सकेको वर्तमान सरकारले अर्को बजेट भाषणमा उक्त परियोजनाको बजेट छुट्याउनु पर्छ।’

उनले रेल र पानी जहाज ल्याउन लागेको सरकारले केन्द्रलाई मात्र ध्यान दिएको बताए। नेता बडुले रेल र पानी जहाजको बजेटले १० आठवटा परियोजना बन्न सक्ने बताए।

seti-165

डोटीका नेकपा सांसद प्रेम आलेले सरकारमा रहेकाहरू पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाए। उनले भने, ‘सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति छ।’ उनले सत्तामा पुगेकाहरू पश्चिम सेती अघि बढाउनेबारे गम्भीर नभएको आरोप लगाए।

सांसद आलेले सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरू काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीलाई निर्माण गर्न रोक लगाइएको बताए।

उनले भने,’पहिल्यै तयार भएको डिपिआरलाई करेक्सन गरेर काम गर्ने प्रतिबद्वता व्यक्त भइसकेको छ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेल पश्चिम सेती परियोजना घर न घाट को भएको बताए।

उनले भने, ‘सरकारले परियोजनालाई उच्च प्राथमिकतामा राख्नुपर्छ। परियोजना प्रति राज्यले ध्यान नदिंदा अलपत्र परेको छ।’ राष्ट्रिसभाका सांसद चक्रप्रसाद स्नेहीले पश्चिम सेती परियोजना दिन प्रति दिन सेलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘परियेजनालाई सफल पार्न सुदूपश्चिमवासीले आफ्नो गाँस काटेर समेत यस परियोजनामा सेयर हाल्नेछन्।’

उनले सो परियोजनाले निरन्तरता पाओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रिय सभाको दीगो विकास समितिकी सभापति तारा देवी भट्टले सो परियोजना जतिसक्दो छिटो अगाडि बढ्नुपर्नेमा जोड दिइन्। परियोजनालाई प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल गरेर अगाडि बढाउने बताइन्।

कार्यक्रम आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती परियोजनालाई सरकारले प्याकेजको रुपमा अगाडि बढाउनुपर्ने माग गरे।

सुदूरपश्चिमेली धेरैपटक सडकमा पुग्दा पनि माग सम्बोधन नभएको भन्दै अब कार्यान्वयनमा जान नीतिनिर्माण तहमा भएका एक्सनमा जानुपर्ने बताए। उनले भने, ‘सांसदज्यूहरू अब एक्सनमा जानुहोस्। सडकबाट कराएर हाम्रो मुद्दा समाधान भएन।’

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरू शेरबहादुर कुँवर यज्ञ बोगोटी, लक्ष्मी चौधरी, बीना बुढाथोकी, राम बहादुर विष्टलगायतकाउपस्थित रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved