२४ माघ, काठमाडौं । २०६६ माघ २४ गते उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहण कार्यक्रम चलिरहेको थियो । देशका उच्च व्यक्तिहरु शीतलनिवासमा भएकाले त्यसदिन लाजिम्पाट, महाराजगंज क्षेत्रमा प्रहरीले सुरक्षा सर्तकता बढाएको थियो । तर त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ रु भन्ने उदांगो बनाइदियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावास अगाडि सडकमा सञ्चार उद्यामी जमिम शाहलाई गोली हानी हत्या गरे ।
शाहको हत्या भएको आज १० वर्ष पुगेको छ । यति लामो समयसम्म पनि त्यो घटना भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन । घटनाको अनुसन्धान समेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरु पक्राउ परेका छैनन् । छानविन आयोगले सुरक्षा बलियो बनाउन दिएको सुझाव समेत कार्यान्वयन भएको छैन ।
तीन कारणले यो घटना निकै संवेदनशील भएको प्रहरी अधिकारीहरु बताउँन्छन् । पहिलो, यसमा अन्तरदेशीय आपराधिक गिरोहको संलग्नता थियो । दोस्रो, यसमा नेपाल प्रहरी अधिकारीकै मिलिमतो थियो । तेस्रो, देशको भिआइपी क्षेत्रमा दिउँसै गोली हानी हत्या गरेर सुटरहरु सजिलै भाग्न सफल भए । आतंकवादी गतिविधि तथा नक्कलीनोट कारोबारमा संलग्न रहेको आरोपमा शाहको हत्या भएको अनुसन्धानपछि बिश्लेषण गरिएको थियो । तर त्स्तो अपराधमा शाहको संलग्नता पुष्टि हुन सकेको थिएन ।
प्रहरीले शाहको हत्यामा छोटा राजनलाई मुख्य अभियुक्त ठहर गरेको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन । नेपाल र भारतको विभिन्न अपराधमा सक्रिय उनी फरार छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved