पोखरा । चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। पोखरा– ३२ कोशेगाउँकी ९ वर्षीया पूजा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ ६ बजेतिर साथीसँग खेलिरहेको अवस्थामा चितुवाले अशोक विकको घरको आँगनबाटै उनलाई लगेको स्थानीय नारायणप्रसाद पण्डितले बताए।
सुरुमा अरु साथीसँग खेल्न गएको अनुमान अभिभावकले गरेका थिए। तर रातिसम्म नआएपछि खोज्ने क्रममा राति ९ बजेपछि घरदेखि ६० हात पर क्षतविक्षत अवस्थामा पूजाको शव भेटिएको पण्डितले बताए। कोशेगाउँ जंगलको बीचमा रहेको छ। दीपक विक र अप्सरा विककी छोरी पूजा स्थानीय चन्द्रज्योति आधारभूत विद्यालयमा ३ कक्षामा पढ्थिन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved