बढ्यो बैंकको ब्याजदर, निजी क्षेत्र भन्छ– अब बजार मूल्य पनि बढ्छ

  • फाल्गुन ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने निर्णय गरिसकेका छन्। यसअनुसार वाणिज्य बैंकहरुको निक्षेप ब्याजदर अधिकतम ११ दशमलव ३५ प्रतिशत पुग्ने भएको छ। निक्षेप बढेसँगै कर्जाको ब्याजदरले समेत ग्राहक तथा उपभोक्ताको ढाड सेकाउने निश्चित छ। 

सरकारले तोकेको स्प्रेडदरअनुसार अब अधिकतम १५ प्रतिशत हाराहारीमा कर्जाको ब्याजदर तोकिने भएको छ। सबैजसो बैंकले ब्याजदर बढ्ने सूचना नै निकालिसकेका छन्। योसँगै उद्योगी व्यवसायीहरु समेत त्रसित भएका छन्। 

उनीहरुले ब्याजदर बढाउन नहुने माग राखिरहेका छन्। निजी क्षेत्रको छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्स, नेपाल उद्योग परिसंघ तीनवटै संस्थाले विज्ञप्ति समेत जारी गरेर ब्याजदर बढाउने नीति लिन आग्रह समेत गरेको छ। 

यसले हालको अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने तर्क यी संस्थाहरुले गरेका हुन्। नेपाल उद्योग परिसंघले भनेको छ, ‘ ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको छ। वर्तमान अवस्थामा शिथिलप्रायः भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ।’

त्यस्तै उद्योग वाणिज्य महासंघले भने अर्थतन्त्रमै खलल पर्ने गरी ब्याजदर वृद्धि हुनथालेको भन्दै तुरुन्त ब्याजदर वृद्धिलाई फिर्ता लिन बैंकहरुलाई अग्रह गरेको छ। 

कुन बैंकको कति ब्याजदर?

बैंकहरुले जारी गरेको सूचनाअनुसार नबिल बैंकले फागुन महिनाका लागि निर्धारण गरेको ब्याजदर न्यूनतम २ देखि अधिकतम ७ प्रतिशतसम्म छ। 

बैंकको आधारदर ७ दशमलव ३९ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको ब्याज १४ दशमलव ३९ प्रतिशतसम्म कायम हुने देखिएको छ। 

एनआईसी एसिया बैंकले आधारदरमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत थपेर ब्याज लिनेछन्। बैंकको आधारदर ९ दशमलव ४४ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको अधिकतम ब्याजदर १४ दशमलव ४४ प्रतिशत कायम हुने भएको छ। 

ग्लोबल बैंकबाट कर्जा लिँदा आधारदरमा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपिनेछ । पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव २७ प्रतिशत रहेको छ। बैंकले जारी गरेको सूचनाले देखाएको छ। जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव २७ प्रतिशत हुने भएको छ। 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदरमा न्यूनतम १ दशमलव ५० देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर लाग्नेछ। पुस मसान्तसम्म बैंकको आधारदर ६ दशमलव ६० प्रतिशत रहेको देखिन्छ। जसअनुसार यस बैंकको अधिकताम बयाजदर १० दशमलव ६० प्रतिशत कायम हुने भएको छ। 

एनएमबि बैंकले ब्याजदरमा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप हुने उल्लेख छ। पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव ५८ प्रतिशत छ। जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको हो। 

प्राइम बैंकले ७ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम कर्जादर १५ दशमलव ७७ प्रतिशतसम्म पुग्ने भएको हो। 

यस बैंकको सबैभन्दा धेरै ब्याज लिन सक्ने देखिएको छ। बैंकको पुस मसान्तसम्मको आधारदर ८ दशमलव ७७ प्रतिशत रहेको देखिएको हो। 

प्रभु बैंकले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोड्ने उल्लेख गरेको छ। अहिले बैंकको आधारदर ८ दशमलव ६८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १५ दशमलव ६८ प्रतिशत सम्म पुग्ने देखिएको छ। 

लक्ष्मी बैंकको सूचनाअनुसार आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएको छ। बैंकको आधारदर ८ दशमलव ७४ प्रतिशत रहेको देखिन्छ। यसअनुसार यस बैंकको १३ दशमलव ७४ प्रतिशतसम्म पुग्ने देखिएको हो। 

नेपाल इन्भेष्टमेन्ट बैंकले न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म रहेको प्रिमियम जोडेर कर्जामा ब्याजदर लिनसक्ने सूचना जारी गरेको छ। यसअनुसार यस बैंकको १३ दशमलव ४७ प्रतिशतसम्म पुग्ने भएको छ। किनभने यस बैंकको ७ दशमलव ४७ प्रतिशत छ।

सनराइज बैंकले न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिन सकिने उल्लेख गरेको छ। यसअनुसार बैंकको ब्याजदर १४ दशमलव ९४ प्रतिशत कायम हुनसक्ने देखिएको छ। बैंकको आधारदर ८ दशमलव ९४ प्रतिशत छ।

सिद्धार्थ बैंकले कर्जामा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज लिने भएको छ। आधारदर ८ दशमलव ५८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको छ।  

माछापुच्छ्रे बैंकले न्यूनतम २ दशमलव ५० देखि अधिकतम ७ दशमलव ५० प्रतिशत प्रिमियम थपेर कर्जामा ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम ब्याजदर १५ दशमलव ७९ प्रतिशतसम्म पुग्ने देखिएको छ। किनभने यस बैंकको आधारदर  ८ दशमलव ७९ प्रतिशत कायम रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved