आज एमसिसीविरुद्ध बानेश्वरमा विरोधैविरोधका कार्यक्रम

माओवादी, नेकपा एस र रापपाको पनि विरोध

  • फाल्गुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । एमसिसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन्।

सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन्।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले ‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ संसद भवन बानेश्वर घेराउ गर्ने भएका छन्। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ।

त्यस्तै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्दैछ। त्यस्तै राप्रपाका भ्रातृ संगठनहरुलेले पनि दिउँसो १२ः ३० बजे बबरमहलदेखि संसद भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

अन्य दल र समूहको पनि प्रदर्शन
एमसिसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन्। एमसिसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा ९मसाल० र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन्।

त्यस्तै एमसिसीविरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौताविरुद्ध बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसिसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ। ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले पनि दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved