प्रकाश विसी
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेसका किसानहरु गाई पालनतर्फ आकर्षित भएका छन् । जिल्लाका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्रको स्थापना भएपछि किसानहरु गाईपालन पेशातर्फ आकर्षित भएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्र स्थापना भएपछि किसानहरु गाईपालन तर्फ आकर्षित भएका छन् । किसानहरुले व्यवसायीक रुपमै गाईपालन गरी दुध उत्पादन बाट राम्रो आन्दानी गरेका छन् । आलिताल गाउँपालिकाका विभिन्न ठाउबाट अहिले दैनिक दुई हजार लिटर दुध उत्पादन हुने गरेको छ । आलितालको घरेलु गाउँका ४० परिवारले समुह गठन गरि जर्सी गाई पालन व्यवसाय सुरु गरेका छन् । तीनवर्ष पहिले चितवनबाट ल्याएका जर्र्सी गाईबाट अहिले उनिहरुले राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै दुग्धडेरी खुलेपछि उत्पादन गरेको दुधले बजार पाएको किसान बताउछन् ।
गाईपालनका लागि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुरा र विभिन्न गैरसरकारी संघ संस्थाले आर्थीक तथा प्राविधक सहयोग दिने गरेका छन् । गाई पालन व्यवसायमा लागेपछी त्यसक्षेत्रका किसानहरु रोजगारीका लागि भारत जान छोडेका छन् । गाउँमा उत्पादित बढी दुध विक्रिकालागी जिल्ला बाहिर समेत जाने गरेकोछ । व्यवसायीक रुपमा आफनै गाउघरमा कृर्षि पेसा अपनाए रोजगारिका लागी भारत तथा अन्य मुलुकमा जान नपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved