राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा गरिएको प्रहरी दमनको बिरुद्ध विज्ञप्ति निकालेको छ ।राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्ना गर्दै विज्ञप्ति निकालेको हो ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट रापपाका नेता, कार्यकर्ता घाइते भएका छन् भने प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्रपाले भनेको छ,
प्रेस विज्ञप्ति,
राप्रपाका विभिन्न २१ भातृ संगठनहरुले आज काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको प्रशासनिक दमनको राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ ।
एमसिसीका केही विवादास्पद र राष्ट्र हित विपरीतका प्रावधान संशोधन गरिनुपर्ने माग राखी शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका राप्रपाका भातृ संगठनका नेता, कार्यकर्ता माथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा छ । प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन् ।
प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाई अध्यक्ष सुसन पुलामी मगर सहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैको अविलम्ब रिहाइको माग गर्दछौं ।
मोहन श्रेष्ठ
प्रवक्ता
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved