काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् ।
शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाडौं आउने गाडीले उतै रोकिएको प्रहरीले जनाएको छ ।
‘हामीले साइकललाई समेत यो रुटमा प्रवेशमा रोक लगाएका छौँ, अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी छ’ एक प्रहरीले भनेका छन् । काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् । आज बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडाइ पारिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved