राजा ज्ञानेन्द्रको प्रश्न विवादित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पू¥याई रहेको छ ?

  • फाल्गुन ६, २०७८
  • कालापानी मिडिया
alt


काठमाडौं । राजा ज्ञानेन्द्र शाहले पछिल्ला दशकमा भइरहेको अभ्यासले प्रजातन्त्रको नाममा एकतालाई संकटापन्न अवस्थामा पू¥याएको र जनतालाई निराशाको दहमा डुबाउंदै लगेको बताउनु भएको छ ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आज शुक्रबार शूभकामना सन्देश जारी गर्दै राजा शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलता तर्फ फस्दै गएको संकेत गर्नु भएको हो । उहाँले मुलकमा यस्तो संकट आउनुमा नेतृत्वको मात्र दोष नभएर शासन प्रणाली कै दोष भएको तर्क गर्नु भएको छ ।

अरुले ओढाई दिएको आसमानमूनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हून नसक्ने भन्दै उहाँले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्रको मुल्य मान्यता नभएको बताउनु भएको छ । प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने भन्दै शाहले स्वदेशकोे प्रकृति र परिवेशबाट पृथक भएर बाह्य लोभ, प्रलोभनमा नपर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

उहाँले रानीतिक दलहरुलाई अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांत्किएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पु¥याई रहेको छ भन्ने प्रश्न गर्नु भएको छ । राजा शाहले अमेरिकाले दिने भनिएको सहयोग एमसीसी तर्फ संकेत गर्दै कसैले कसैलाई दिने दान अनूदान प्रजातन्त्र नभएको उल्लेख गर्नु भएको छ ।

pp

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved