काठमाडौं । सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढीका अभियान्ताले पश्चिम सेतीकालागि आवाज उठाउन सभापति देउवासँग आग्रह गरेका हुन् ।
देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए । भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ ।
यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ । पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved