काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने रणनीति बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
सभापति देउवाले पार्टीका उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठकमा एमसीसी पारित गर्न संसदमा निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ । ‘सभापतिले बोलाउनुभएको छ । मुख्यतः एमसीसी कसरी पारित गराउने भन्नेमै छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved