सप्तरी । इस्लामिक सम्मेलन इज्तिमा को सुरक्षालाई मध्यनजर गर्दै सप्तरीको बोदे बरसाईन नगरपालिकामा तीन दिनका लागि मदिराजन्य पदार्थ निषेध गरिएको छ । नगर कार्यपालिकाको कार्यालयले शनिबारबाट शुरु भएको इज्तिमाको सुरक्षालाई मध्यनजर गर्दै तीन दिनसम्म मदिराजन्य पदार्थ बिक्रिवितरणमा निषेध गर्ने निर्णय गरेको हो ।
निशेधीत अवधिमा मदिराजन्य पदार्थ बिक्रिवितरण गरेको पाइएमा व्यवसायीको दर्ता खारेज गरी कानूनबमोजिम कारबाही गरिने नगरपालिकाले सुचना जारी गरेको छ । इज्तिमामा भारतको नयाँ दिल्लीका धर्मगुरु मौलाना साद साहाबले प्रवचन वाचन कार्यक्रम गरेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन शनिबार दिउँसोसम्म नेपाल तथा भारतका डेढ लाखबढी मुस्लिम समुदाय उपस्थित भइसकेका छन् भने सहभागी आउने क्रम जारी नै रहेको छ ।
सम्मेलनमा ५ लाख मुस्लिम समुदाय सहभागी हुने आयोजक समितिले जनाएको छ । प्रवचन वाचन हुने ठाउँमा २१ लाख ६० हजार स्क्वाइर फिटको पण्डालकासाथै सहभागीलाई बसोबासकालागि १ सय विघा क्षेत्रमा टहरा निर्माण गरिएको छ । त्यसैगरी २ हजार शौचालय निर्माण गरिएको आयोजक समितिले जनाएको छ ।
७ सय सुरक्षाकर्मी परिचालित
सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न अनुमति दिएपनि आयोजकले तेश्रो मुलुकका व्यक्तिलाई सहभागी गराएपछि विवादीत बनेको सम्मेलनस्थलमा व्यापक प्रहरी परिचालित गरिएको छ ।
सम्मेलनको सुरक्षा व्यवस्था तथा हुनसक्ने सुरक्षा चुनौतीको विषयलाई गम्भीरतापूर्वक लिइएको सप्तरीका एसपी कृष्ण प्रसाईंले बताउनुभएको छ । जसकालागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी ७ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
भारतीय सुरक्षाकर्मीको चासो
भारतीय सुरक्षा अधिकारीले समेत सम्मेलनबारे चासो बढाएका छन् । गत शुक्रबार मात्रै विहार राज्यको मधुबनी जिल्लास्थित पुलिस स्टेशन लौकहीका प्रमुख अरविन्द कुमारले सप्तरीका सुरक्षा अधिकारीहरुसँग छलफल गर्नुभएको छ । उहाँले पाकिस्तानी सहभागीहरुले घुसपैठ गर्न सक्ने आशंकासमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले मुलुकमा गरिबी र बेरोजगारी विगतको तुलनामा कम हुँदै गएको बताउनुभयो । ‘गरिबी निवारण मात्र होइन, उन्मूलन नै गर्ने पक्षमा छौ’ उहाँले भन्नुभयो, मुलुकमा भोकले अब कोही पनि मर्दैनन ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved