अमेरिकी दूतावास लगायत कुटनीतिज्ञ नियोग क्षेत्रमा सुरक्षा बढाइयो, काँडेतारले बेरियो संसद भवन

  • फाल्गुन १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आज विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीमाथि छलफल हुने कार्यसूची रहेकाले आजको संसद बैठक बस्नुअघि संसद भवनलाई काँडेतारले बेरिएको हो । संसद् बैठकमा एमसीसी टेबल भएको दिन गत आइतवार प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गरेर पर्खाललाई तारले घेरिएको हो ।

संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान ११ बजेपछिको समयमा माइतीघर मण्डला–नयाँ बानेश्वर हुँदै यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।

यो समयमा सकेसम्म यो रुटको साटो वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरिएको छ । गत आइतवार विरोध प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved