बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

  • फाल्गुन १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ ।
एसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो । सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गरेका थिए।

आज पनि एमसीसीमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्ने अवस्थामा मात्रै संसद बैठक बस्ने बताइएको छ । अहिलेकै अवस्थामा बैठक राखेर एमसीसी अघि बढाउँदा असफल हुने पक्का छ । सरकारको प्रस्ताव असफल भएको खण्डमा प्रधानमन्त्री देउवामाथि पदत्यागका लागि दबाव पर्ने भएकाले सरकार त्यो खतरा मोल्न तयार छैन ।

सभामुख अग्नि सापकोटा समेत एमसीसीको विपक्षमा रहेकाले एमसीसी पारित हुने पक्का नभई प्रक्रिया अघि बढाउने पक्षमा प्रधानमन्त्री देउवा छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved