इटहरीमा रहेको मार्टिना मेकप स्टुडियो एण्ड ट्रेनिगं सेन्टरले आयोजना गरेको प्रतियोगितामा सहभागी १२ जनालाई पछि पार्दै दिपा उपाधि हात पार्न सफल भएकी हुन ।
इटहरीको इम्पेरीयल लाउन्चमा सम्पन्न प्रतियोगिताको फस्ट रनरअफ अनुसा शर्मा र सेकेण्ड रनरअप अञ्जली बिश्वकर्मा बन्न सफल भए । उपाधि विजेतालाई सानिमा इन्सुरेन्सको तर्फबाट १०लाख बराबरको जीवन विमा ,जानकी ट्यांकीको तर्फबाट ५सय लिटरको ट्यांकी र नगद पचास हजार क्राउन र अन्य उपहारहरु प्रदान गरिएको मार्टिना मेकअप स्टुडियो सञ्चालिका उर्बी श्रेष्ठले जानकारी दिइन । त्यसै गरी फस्ट रनरअप र सेकेण्ड रनरअपलाई ५०हजार बराबरको जीवन विमाको व्यवस्था मिलाइएको समेत उनले वताइन ।
महिलाहरुलाई मेकअप तालिमका साथै अन्य क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु समेत मार्टिना मेकअप स्टुडियो गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved