काठमाडौं । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसद आज शुक्रवारदेखि बिदा हुँदैछन् ।
बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ ।
यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।
राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि शनिवार हुने भएको छ । राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved