पार्टी एक ढिक्का नभइ संगठन बलियो हुदैन

  • फाल्गुन ४, २०७६
  • कालापानी मिडिया
alt

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारद्धारा बाहिरी रुपमा विकास निर्माण गरिए जस्तो देखिएपनि यथार्तमा भित्रभित्रै समाज र राष्ट्रियता कमजोर हुदै गएको बताउनु भएको छ ।

राप्रपा गण्डकी प्रदेशको आयोजनामा पोखरामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष थापाले अहिलेका घटनाक्रमलाई हेर्दा गणतन्त्र , सघिंयता र धर्म निरपेक्षताले नेपालमा शान्ती स्थायित्व कायम गरेर नेपालको आर्थिक विकाश र समृद्धिको लक्ष प्राप्त गर्न नसकिने बताउनु भएको हो । देशको भुराजनैतिक अवस्थाले गर्दा सैद्धान्तिक रुपमा पनि पार्टीको एजेण्डाको महत्व रहेको उहाँले जिकिर गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेका एजण्डा राम्रा हुँदा हुँदैपनि राष्ट्रिय पार्टी बन्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले आगामी दिनमा पार्टी एकढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो । काग्रेस र कम्युनिष्ठले देश हाकीरहेको अवस्थामा उनीहरु पटक पटक असफल प्रमाणीत भएको उहाँको आरोप छ ।

विगतका दिनमा पार्टी संचालनको क्रममा होस या सरकार संचालनमा पार्टीबाट केही त्रुटी कमजोरी कै कारण जनतामा नकारात्मक सन्देश गएको कुरा ध्रुवसत्य रहेको बताउँदै उहाँले पार्टीका एजेण्डा जतिनै बलिया र राम्रा भएपनि पार्टी बलियो नहँदासम्म एजेण्डाहरु स्थापित गर्न नसकिने भन्दै पार्टीलाई सुदृढिकण र बलियो बनाउदै लैजाने बेला आएको उबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved