माओवादीको केन्द्रीय समिति बैठक बस्दै, एमसीसीबारे छलफल हुने, श्रेष्ठ समूहले असन्तुष्टि जनाउने

  • फाल्गुन २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ । यो समूहका सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह थप असन्तुष्ट बनेको छ । यो समूहका नेताहरुको छलफलमा पार्टी विभाजन गर्ने कि माओवादीमै बसेर सङ्घर्ष गर्ने भन्ने बहस चलिरहेको छ ।

आजको बैठकमा एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्ना मत राख्ने यो समूहको तयारी छ । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका चुनावसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

गएको पुस ११ देखि १८ गते माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरे पनि पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved