राजा ज्ञानेन्द्र शाह त्रिसरा पुग्दा राजतन्त्रको पक्षमा नारा घन्कियो

  • फाल्गुन २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । जब राजा ज्ञानेन्द्र शाह शुक्रबार राति १० बजे लाजिम्पाटस्थित त्रिसारामा पुग्नु भयो, त्यहाँ उहाँले सोचेको भन्दा फरक माहोल सृजना भयो । त्रिसारामा उपस्थित सबैले राजतन्त्रको पक्षमा नारा लगाए । जुन नारा त्रिसाराको टपमा बस्नु भएका राजा ज्ञानेन्द्र शाहलाई ‘सरप्राइज’ नै भयो । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्‍दा प्यारो छ । राजा आउ देश बचाउ लगायतका नारा घन्किएपछि राजा ज्ञानेन्द्र शाह हर्षित मुद्रामा अनि मन्द मुस्कानमा ताली पट्काउदै हुनुहुन्थ्यो । त्यो दृष्यले झनै दर्शकहरु उत्सिाहित देखिन्थे ।

raja

यतिमात्रै होइन सरल अनि शालिन मुद्रामा जनतामाझ भिज्न खोज्नुहुने राजा संग तस्विर लिनेहरुको घुइचो उस्तै देखिन्थ्यो त्यहाँ । रेष्‍टुरेन्टमा पुगेका रात्रिकालिन पारखीहरू राजा शाह पुगेपछि उहाँसँग फोटो खिच्‍न झुम्मिए । कसैले सेल्फी त कसैले टिकटक बनाउन सम्म भ्याए । राजा ज्ञानेन्द्र शाहले पनि हासी हासी तस्विर लिनेहरुको मोवाइलमा हेर्न छुटाउनु भएन । छोरी प्ररणा शाहसहित अन्य परिवारका सदस्य लिएर त्रिसरा पुग्नु भएका शाह करिब १ घण्टा त्यहाँ बस्नु भयो ।

ra

समय समयमा रेष्‍टुरेण्टमा लाइभ म्युजिक सुन्न पुग्नुहुने शाह यसपटक भने कोबिट पछि पहिलो पटक त्रिसरा जानु भएको हो । यस विषयमा त्रिसरामा उपस्थित अन्यलाई जानकारी नभएकाले त्यहाँ नारा लगाउनेहरु कुनै राजावादी नभएर विशुद्ध राजाप्रति आस्था राख्ने हुनसक्ने आंकलन गरिएको छ । उसोत यतिवेला देशको वर्तमान अवस्था र राजनीतिक नेताहरुको व्यवहारका कारण जनता निरास भएको अवस्था छ । यस्तो बेलामा सबेले अब फेरी राजा नै आइदिए देश र जनताले सुख पाउथे कि भन्ने चाहेका छन् । राजालाई नेताहरु भन्दा देश र जनताको माया बढी हुने भन्दै जनताको देष्टिमा राजाको मोह बढ्दै गएको कतिपयको बुझाइ छ ।

gyanendra-1-400x220

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved