काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने छपाइ सामग्रीका लागि फर्मकम्पनी दर्ता आह्वान गरेको छ।
आयोगले ऐन, नियम, निर्देशिका, अनुसूची फारामहरू, विभिन्न किसिमका कार्डहरू, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धित छपाइ कार्यका लागि कम्पनी दर्ता गर्न आह्वान गरेको हो।
निवेदकले फर्मकम्पनी दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०७७/०७८ सम्मको कर चुक्ता प्रमाणपत्रसहित निवेदन दिन आयोगको आग्रह छ। दर्ताका लागि विगत तीन वर्षको औसत वार्षिक कारोबार रकम ३ करोड ५० लाख वा सोभन्दा बढी भएको हुनुपर्ने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved