संखुवासभामा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

  • फाल्गुन २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा १४ जनाको मृत्यु पुष्टि भएको मादी नगरपालिका ६ का वडा अध्यक्ष नारायण तामाङले जानकारी दिए।

तामाङले दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएपनि २ जना गम्भिर रहेकाले हेलकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएरहेको बताए । अन्य तिन जना घाइतेको स्थानिय चरिकोट नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जीवितै उद्धार हुनेहरुमा सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्की रहेको बडाध्यक्ष तामाङले बताए । बसमा सवार १९ देखि २१ जना यात्रु रहेको जनाइएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

275237223_5061404797272714_1174736040162705727_n Capture 275488165_3169028383379078_6136035119318925494_n (1)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved