अनिता घिमिरे, पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्वतन्त्र पत्रकारितामाथी अंकुश लगाउन खोजीएको आरोज लगाउनु भएको छ ।
राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रिय कार्य समिति बैठक तथा गण्डकी प्रदेश घोषणा सभालाई सम्वोधन गर्नुहुदै अध्यक्ष थापाले सरकारले केहि समय अघि संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधिसँग सम्वन्धीत विधेयकहरु मार्फत पत्रकारीतालाई नियन्त्रण गर्न खोजिएको आरोप लगाउनु भएको हो । संचारमाध्यमले देशमा लोकतन्त्रको स्थापना गर्न होस या देशको आर्थिक क्रान्तिका विषयमा संचार क्षेत्रले खेलेको भूमिकालाई दृष्टिगत गर्दै यसलाई नियन्त्रीत गर्नुभनदा पनि अझ स्वतन्त्र र स्वाभिमानी ढगंबाट अघिवढ्ने बातावरण बनाउनु पर्ने उहाँको भनाई थियो । उहाँले श्रमजिवी पत्रकारहरुले अझैपनि ठूला समस्याको सामना गर्नु परेको बताउँदै आफ्रनो वृद्धि विकाश या पेशाको सुरक्षाको पूृर्ण अनुभूति गर्न नपाएको अवस्थामा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त बैठकले सुर्य बास्तोलाको संयोजकत्वमा गण्डकी प्रदेशको प्रदेश कार्यसमिति घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved