काठमाडौं । राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह नयाँ वर्ष मनाउन झापाको दमक जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी शाह दम्पती ११ गते शुक्रबार झापा जान लाग्नु भएको हो ।
उहासंग रहने सुरक्षा र कन्भेसहितको टोली भने भोली सोमबार नै त्यसतर्फ जादै गरेको वताइएको छ । राजा रानी भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ । झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभयो ।
यसअघि भने झापा भ्रमणको क्रममा राजा ज्ञानेन्द्र र रानी कोमल भारतको सिलगुढी पुग्नुभएको थियो । झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको सचिव पाडकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved