काठमाडौं । भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । उनीहरू विभिन्न भाग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।
समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर आन्दोलनरत भूपू गोर्खा सैनिकहरूले बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पु¥याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् ।
बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved