प्रकाश विसी
६ फागुन, डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका १० ले डडेल्धुरा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषणाको तयारी थालेको छ । अमगरगढी नगरपालिका १० मा रहेको सहश्रलिङ्ग स्वास्थ्य चौकि र वडालाई जेठ महिनाभित्र पोषणमैत्री बनाउन स्वास्थ्यकर्मीहरु लागि परेका छन् । अमरगढी नगरपालिका र सु–आहारा कार्यक्रमद्धारा संयुक्त आयोजनामा विभिन्न मापदण्ड नै निमार्ण गरि पोषणमैत्री बनाउन थालिएको हो ।
कुपोषीत हुने बच्चाहरुको संख्यामा कमी आउन थालेपछि जिल्लाको अमरगढी नगरपालिका १० बाट पोषणमैत्री वडा तथा स्वास्थ्यचौकी घोषणा गर्ने कार्य सुरु गरिने भएको हो । हरेक बार खाना चारको अवधारणा अनुसार बच्चाले खाना खाएको छ वा यो वडामा कुपोषण भएका बच्चा छैन् र हामी कुपोषणबाट बच्चाउन सचेत छौ भन्ने सन्देश दिन यो कार्यक्रमको थालिने गरिदै छ । सहश्रलिङ्ग स्वास्थ्य चौकि राईले घोषणाको लागि आवश्यक पर्ने तयारी थालिसकेको छ ।
नगरपालिकाका जनप्रतिनिधी समाजसेवी, आमा समुह, सुनौला हजारदिनका आमाले, वडालाई पोषणमत्री बनाई वडा नम्बर १० को परिचय फेर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । वडा नम्बर १० लाई नमुना बनाउने योजना अन्र्तगत यो वडालाई पोषणामैत्री बनाउन लागिएको वडा कार्यालयको दाबी छ ।
पोषणमैत्री वडा घोषणाका लागि आवश्यक मापदण्ड पुरा गर्ने, एक घर दुई विरुवा रोप्ने अभियान संञ्चालन गरिने, महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम संञ्चालन गर्नेे, घर घरमा करेसाबारी व्यवस्थित गर्ने , घरघरमा फिल्टरको प्रयोग गर्ने यहाँको नागरिकले प्रतिबद्धता जनाएका छन । १५ वटा मापदण्ड पुरा भएपछि वडा तथा स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा गर्ने निती अमरगढी नगरपालिको छ ।
पोषणमा सुधार गरि आर्थिक गरिब नागरीकको अवस्थामा सुधार आउन जरुरी छ भने अर्को तर्फ राम्रो जनशक्ती उत्पादन गर्ने पोषणका क्षेत्रमा लगानी गरि आर्थिक समृद्धी संम्भव छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved