आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

  • चैत्र ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको बताए ।

उनले पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुने बताए । यस पछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने उनको भनाई छ । यस्तै बैशाख ३० गते तोकिएको स्थानिय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरुलाई पनि तालिम दिने तयारी गरिरहेको छ ।

मतदाता नामावाली अध्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आउँदो १३–१४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ । यसैबीच मतपत्र छपाइका लागि पनि कागज आइसकेको आयोगले जनाएको छ । आयोगले आम नागरिक तथा सरोकारवालाको जिज्ञासा, गुनासो वा प्रश्न समेट्न आउँदो १५ गतेदेखि ११ ०२ नम्बरको टोलफ्री नम्बर पनि शुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved