काठमाडौं । यतिबेला राजनीतिक दलहरू अरु पार्टीका नेता कार्यकर्ता तान्ने होडमा छन् । दिनदिनै विभिन्न राजनीतिक दलका ‘पार्टी प्रवेश कार्यक्रम’ भइरहेका छन् । तर, राप्रपामा भने अलि फरक दृष्य देखिन्छन् । लामो समयदेखि विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरू हुल बाँधेर राप्रपाको कार्यालय आफै पुग्छन्। अध्यक्ष लिङ्देनसँग भेटेर कुराकानी गर्दै राप्रपामा औपचारिक प्रवेश गर्छन ।
राजनीतिबाट पर बसेका आफ्नो छुट्टै छवि बनाइसकेका बुद्धिजीविको सर्कल यतिवेला राप्रपा प्रवेश गर्न थालेका छन् । पार्टी प्रवेश गराउन राप्रपा अध्यक्ष लिङ्देनलाई भ्याइ नभ्याइ भएको छ । उनि कुनै जिल्लामा आमसभामा आउदैछन भन्ने थाहा मात्रै पाउनुपर्छ पार्टी प्रवेश गर्नेहरु बाटो बाटोमै बसिरहेका हुन्छन् ।
जुन दृष्य बुधबार सुरपश्चिममा देखिएका छ । राप्रपा अध्यक्ष लिङदेन कञ्चनपुरको दोधारा चाँदनीमा हुने आमसभामा सहभागी हुन सुदूरपश्चिम तर्फ जाँदा कैलालिको अतरिया देखी बाटोभरी बिभिन्न पार्टी परीत्याग गरी राप्रपा प्रवेश गर्नेको लर्को देखेर लिङ्देन भावविभोर भए । किनभने त्यहाँ यस्ता युवा थिए जसलाई लिङदेनको हातबाट टिका थाप्न पाए त हुन्थ्यो भन्ने थियो । लिङदेन पार्टीको अध्यक्ष भएपछि यि र यस्ता हजारौ युवाहरु राप्रपामा प्रवेश गर्न लालायित छन् ।
राप्रपा अध्यक्ष लिङ्देन समकालीन राजनीतिमा इमानदार छवि बनाएका नेता हुन् । यस्तो बेला पर बसेर मात्रै होइन साथ दिएर हिड्नुपर्छ भन्दै आफुहरु राप्रपा प्रवेश गरेको उनीहरू बताउँछन् ।
राप्रपामा जसरी अध्यक्ष लिङ्देनले आफ्नो इमान र जमानका साथ स्वच्छ छवी बनाएका छन्, त्यसरी नै उनलाई अन्य सहकर्मीले साथ दिने हो भने पार्टीमा मात्रै होइन देशमै शुद्ध राजनीतिको जग बस्नेमा दुइमत छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved