पूर्वी नेपालको पर्यटन व्यवसायमा कोराना भाइसको प्रभाव

घुम्न आउने पर्यटक धमाधम टिकट रद्द गर्दै 

  • फाल्गुन ६, २०७६
  • कालापानी मिडिया
alt


बिकल रेग्मी
सुनसरी । छिमेकी मुलुक चिनमा फैलिएको कोराना भाइसका कारण पुर्वी नेपालको पर्यटन व्यवसाय समेत प्रभावित वन्न थालेको छ । पुर्वी नेपालका रहेका विभिन्न पर्यटकीय क्षेत्रमा आउन वुकिगं गराई सकेका विदेशी पर्यटकहरुले बुकिगं रद्ध गर्न थालेपछि कोरोनाको प्रभाव पुर्वी नेपालको पर्यटन व्यवसायमा पनि परेको हो । 

as

विश्वमै दुर्लभ हुदै आएको बाबुलिस जातको अर्ना तथा पाँच सय बढी प्रजातिका चराहरु रहेको कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रमा आउन होटलहरु बुकिगं गराएका विदेशी पर्यटकहरु बुकिगं रद्ध गर्न थालेका हुन् । कोशी टप्पु क्षेत्रमा आउने युरोपियन मुलुकका पर्यटकहरुले धमाधम बुकिगं रद्ध गर्न थालेको अक्वा बर्ड बाचिगं क्यापका सञ्चालक सुरज गिरीले वताए । युरोपका विभिन्न देशबाट चरा अवलोकनका लागि आउन होटल बुकिंग गराएका १३ टोली मध्ये १०वटाले कोरोना भाइरसकै कारण वुकिगं रद्ध गराएको उनले जानकारी दिए ।

Capture 5

कोशी टप्पु बन्य जन्तु आरक्ष विसं २०३२ सालमा बाबुलिस जातको अर्ना संरक्षणका लागि स्थापित भएको भएपनि पछिल्लो केही वर्ष यता देखि साइबेरिया लगायत विश्वका विभिन्न देशबाट समेत आउने फिरन्ते चराहरुका कारण समेत प्रख्यात रहेको छ । पछिल्लो समयमा चरा अवलोकनका लागि ठुलो संख्यामा विदेशी पर्यटकहरु आउन थालेपनि छिमेकी मुलुक चिनमा फैलिएको कोरोना भाइसरका कारण पर्यटकहरु घटेको अर्का पर्यटन व्यवसायी कुर्मान मंसुरी गुनासो गर्दछन ।
koshi
अर्ना तथा चरा अवलोकनका लागि आउने विदेशी पर्यटकहरुलाई लक्षित गरी कोशी टप्पु आसपासका क्षेत्र ठुलो लगानीमा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा आउने क्रम बढी रहेपनि कोरोनाका कारण पर्यटकहरुले बुकिंग रद्ध गर्न थालेपछि यस्ता होटलहरु समेत सुसान बन्न पुगेका छन । कोशी टप्पुमा ४सय ४१अर्ना र ५सय ३० प्रजातिका चराहरु रहेका छन । कोरोनाका कारण देखाउदै पर्यटकहरुले बुकिगं रद्ध गर्न थालेपछि नेपाल सरकारले घोषणा गरेर मनाइदै आएको नेपाल भ्रमण वर्षमा अपेक्षाकृत रुपमा पर्यटकहरु आउनेमा शंका गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved