काठमाडौं । राजा ज्ञानेन्द्र शाह र रानी कोमल आज झापाको दमक जाने जाँदै हुनुन्हुन्छ ।
नयाँ वर्ष मनाउन झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी शाह दम्पती आज बिहान ९ः४५ वजे बुद्ध एयरको विमानबाट झापा जान लाग्नु भएको हो ।
झापाको विमानस्थल भद्रपुरमा राजा रानीलाई राष्ट्रवादीहरुले स्वागत गर्ने जनाइएको छ । शाह दम्पतीसंगै झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभयो ।
यसअघि भने झापा भ्रमणको क्रममा राजा ज्ञानेन्द्र र रानी कोमल भारतको सिलगुढी पुग्नुभएको थियो । झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको सचिव पाडकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved