डिवि खड्का
गुल्मी । प्रदेश पाँचले पहिलो पटक जडिबुटी उद्यान तथा सुचना केन्द्र स्थापन गरेको छ । पहाडी जिल्ला गुल्मीको इस्मा गाँउ पालिकामा जडिबुटी उद्यान तथा सुचना केन्द्र स्थापन गरेको हो । जडिबुटि उद्यान केन्द्र खोलिएसंगै किसानपनि हर्षित बनेका छन् ।
गुल्मीको इस्मा गाँउपालिकामा जडिबुटी उद्यान तथा सुचना केन्द्रको स्थापना गरिएको छ । प्रदेश पाँचको उद्योग पर्यटन तथा बतावरण मन्त्रालयको एक करोड आर्थिक सहयोगमा गाउँपालिकाको वडा पाँचमा केन्द्र स्थापना गरिएको छ । १३ हेक्टर जमीनमा फैलीएको उक्त जडिबुटी उद्यानमा अहिले २९ प्रकारका जडिबुटीहरु हुर्की रहेका छन् भने स्थानीय जडिबुटीलाई प्रथामीकता दिएको छ । प्रदेश पाँचले यस जडिबुटी उद्यानलाई सुचना केन्द्रको रुपमा स्थापना गर्ने खोजेको र किसानलाई जडिबुटी उत्पादनमा प्रेरीत गर्ने उदेश्य रहेको इस्मा गाँउपालिकाले जनाएको छ ।
अहिले यस उद्यानमा अग्रर वुड,टिमुर हर्रो, जस्ता जडीबुटीलाई उच्च प्रथमिकता दिईएको छ । भने उद्यानबाट दुई जनाले पुर्ण रोजगारी समेत पाएका छन् । जडिबुटीमा गाँउ पालिकालाई आत्मनीर्भर बनाउने,किसानले उत्पादन गरेका जडिबुटी खरिद गर्ने र विषेश गरी महिलाहरुलाई आत्मनिर्भर बनाई दैनीक जिवनयापनमा सहजता ल्याउने आफुहरुको थप लक्ष्य रहेको इस्मा गाँउपालिकाको भनाई रहेको छ ।
प्रदेश पाँच सरकारले गुल्मी बाट सुरु गरेको जडिबुटी उत्पादन कार्य प्रदेशका अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने आवश्यक छ । पकै पनी प्रदेश सरकार बाट गरिएको यती ठुलो लगानी बाट इस्मा गाँउ पालिका संगै सम्रग गुल्मी जिल्लाले फाईदा लिन सक्नुपर्दछ । साथै सबै स्थानीय तहले किसानलाई जडीबुटी उत्पादनमा प्रेरित गर्ने आवश्यक छ भने आवश्यक ज्ञान सिप तथा तालीमको समेत व्यवस्था गर्ने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved