प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई आज बिहीवार मन्त्रीमा नियुक्त गरेका हुन्।
गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार मन्त्री नियुक्त भएको र केहीबेरमा शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाले विभाजनपछि बन्दी नेकपा (एकीकृत समाजवादी) पार्टी निकट छन् । यसअघि बन्दीले नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका थिए। अमेरिकी सहायता परियोजना एमसीसीबारेको भ्रम हटाउन भएको व्याख्यात्मक घोषणा तयार गर्न बन्दीको भूमिका रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved