इटहरी , खुल्ला सिमानाको कारण भारतबाट अवैध रुपमा भन्सार छलेर उपभोग्य सामाग्रीहरु भित्रिने क्रम बढेको छ । यो क्रमसँगै भारतमा मात्रै बिक्रि वितरण गर्न पाइने कतिपय सामानहरु अवैध रुपमा पुर्वी नेपालमा भित्राएर व्यापारीहरुले बिक्रि वितरण गर्न थालेको देखिन्छ । पछिल्लो समय अवैध सामान भित्रने क्रम बढेपछि पुर्वी नेपालको बजारमा भारतमाा उत्पादित सामानको विक्रि बढेको छ । पछिल्लो समय लेज र कुरकुरे अवैध रुपमा भन्सार छली ल्याएर कतिपय व्यापारी हरुले अवैध रुपमा बिक्रि वितरण गर्न थालेका छन । भारतीय नाकाबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर लेज र कुरकुरे जस्ता सामानहरु ल्याउने क्रम बढीरहेको र त्यसलाई रोक्न भन्सार लगायत सरोकारवाला निकायदे कार्यालयले चासो दिएको देखिदैन । लेज र कुरकुरेका लागि नेपालको आधिकारिक विक्रेता सिम्रिक डिस्ट्रिव्युसन प्रा लिको प्रदेश १ बजार प्रतिनिधि खगेन्द्र कार्की नेपालमा बिक्रि वितरणका लागि सेल इन नेपाल लेखिएको लेज र कुरकुरे बिक्रिवितरण गर्नु पर्ने भएतापनी पूर्वी नेपालका विभिन्न नाकाबाट अवैध रुपमा केरीयर मार्फत ल्याइएको लेज र कुरकुरेले पुर्वी नेपालका बजारहरुमा छयापछयाप्ती पाइने बताउछन । विभिन्न अपाङ्ग , बालवालिका, महिला , ज्येष्ठ नागरीकहरु समेत प्रयोग गरी भारतबाट अवैध रुपमा लेज र कुरकुरे नेपाल भित्र्याउन लागी परेको कार्कीको भनाइ छ । जोगवनी , मेचिनगर , भण्टावारी , भुटाह लगाएतका भारतीय सिमावर्ती नाकाबाट पूर्वमा अवैध रुपमा ठुलो मात्रामा लेज र कुरकुरेको आयात गरी विक्रि वितरण भईरहेको छ । लेज र कुरकुरेका लागि नेपालको आधिकारिक बिक्रेता सिम्रिक डिस्ट्रिव्युसनले वैध रुपमा भन्सार राजस्व तिरेर लेज र कुरकुरे नेपाल ल्याई बिक्रि वितरण गर्दै आएको छ । तर अवैध रुपमा भारतबाट लेज र कुरकुरे ल्याइ बिक्रि वितरण गर्ने गिरोहको सक्रियताको कारण आफ्नो व्यवसायीक क्षेत्रमा असरका साथै राज्यको राजश्व संकलन अभियान पनि प्रभावित भएको सिम्रिक डिस्ट्रिव्युसनका प्रतिनिधी बताउछन । यसरी अवैध रुपमा लेज र कुरकुरे नेपाल भित्र्याउने गिरोह सक्रिय भएता पनि यसको नियन्त्रणको लागि सिमावर्ती क्षेत्रमा कुनै पहल भएको देखिदैन । नेपालका लागि वैध रुपमा आयात हुने लेज र कुरकुरेमा सेल इन नेपाल अन्ली लेखिएको हुन्छ । तर अवैध रुपमा भित्रीएको लेज र कुरकुरमा सो उल्लेख गरीएको हुदैन । अवैध रुपमा भित्रीएको लेज र कुरकुरेमा एमआरपीमा मुल्य लेखिएको हुन्छ । अवैध रुपमा लेज कुरकुरे ल्याउनेहरुका कारण कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्नेहरुलाई मात्रै नभएर राज्यलाई समेत समस्या पर्ने गरेको छ ।
चेक पोष्टमा कार्यरत सशस्त्र प्रहरीले रिक्सा, मोटरसाइकल, साइकल लगायतमा सामान ल्याउदा ध्यान नदिएको कारण अवैध रुपमा लेज र कुरकुरे भित्रिएको व्यवसायीहरु बताउछन । अवैध रुपमा भित्रीएको लेज र कुरकुरे विराटनगर ,इटहरी, धरान , विर्तामोड , इनरुवा , दमक लगाएतका होलसेल तथा किराना पसलमा जताततै पाइन्छ । तर यसलाई नियमन र नियन्त्रण गर्न सरोकारवाला निकायहरुको ध्यान केन्द्रीत भएको पाइदैन । उपभोक्ता हितसँग जोडिएका ब्यक्तिहरुले भारतबाट नेपालमा भित्राइने लेज र कुरकुरे लगायतका सामाग्री अवैध रुपमा भित्र्याई वजारमा बिक्रिबितरण भइरहदा समेत अनुगमन नहुँदा व्यवसायी र उपभोत्ताहरु मारमा परेको बताउछन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बनाउने अनुगमन समितिहरु, विभिन्न भन्सार कार्यालयहरु, राजश्व अनुसन्धान कार्यालय , आन्तरीक राजश्व कार्यलय, वाणीज्य कार्यालय लगाएत अन्य सरोकार वाला निकायहरु बेखबर रहँदा राज्यले कर गुमाउदै आएको छ भने अर्कोतर्फ उपभोक्ता ठगिने क्रम पनि बढेको छ । बजारमा छयापछयाप्ती अवैध रुपमा भित्रिएका लेज र कुरकुर को विक्रि बढेपनि यहाँका स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय चुपचाप जस्तै रहेका छन् । एकातिर केही तस्करका कारण अबैध रुपमा नेपाल भित्रने सामानबाट उपभोक्ता ठगिंदै आएका छन् भने अर्कोतर्फ केही व्यवसायी समेत मर्कामा पर्दै आएका छन् । सिमावर्ती नाकाबाट अवैध रुपमा बोरामा हालेर ल्याइने लेज , कुरकुरेहरु हाई नियन्त्रन गर्ने सरोकारवालाहरुले ध्यान दिए उपभोक्ता व्यवसायी र राज्य सबैका लागि हित हुने स्पस्ट छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved