एकेन्द्र चन्द
डोटी । डोटीको सायल र आदर्श गाउपालिकामा छुट्टाछुट्टै डोजरमा आगजनी भएको छ सायल गाउपालिका १ छपालिमा बाटो सफा गर्दै गरेको गाउपालिकाको बा १ ज ३२६७ नम्बरको स्काभेटर र आदर्श गाउपालिका ३ को काडिस्याउलेमा बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दिलिप सि देउबा ले जानकारी दिएका छ्न ।
गाउपालिकामा काटिएका साखा बाटाहरु सफा गर्ने क्रममा छ्पालिमा रहेको गाउपालिकाको स्काभेटरमा मध्य राती आगजनि गरिएको गाउपालिका का अध्यक्ष तेज ब डुम्रेलले बताउनु भएको छ । गाउपालिका तथा प्रहरीको टोलि घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दियको छ एकै समयमा दुई वटा ठाउँमा आगजनी हुनुमा प्रतिबन्धित बिप्लप नेतृत्वको नेकपाले गरेको हुनसक्ने आसंका यरिएको छ ।
यद्धपी बिप्लप नेकपा डोटीका इन्चार्ज तकराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको ग्लनता नरहेको बताएका प्रष्ट पारेका छन् । उनले आफ्नो पार्टी प्रति आसंका गर्ने गरि अरु कसैले षड्यन्त्र गरेको हुन सक्ने आरोप लगाएका छ्न ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved