काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा एमाले र कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० विरुद्ध गठबन्धनको तयारी गरेका छन्। गठबन्धनका लागि पहिलो चरणमा औपचारिक वार्ता सकिएको तर बिना निष्कर्ष टुंगिएको नेपाली कांग्रेस कचनकवलका गाउँ सभापति तुलाराम अधिकारीले बताए । ‘औपचारिक, अनौपचारिक वार्ता जारी छ तर टुंगोमा पुगिसकिएको छैन’,उनले भने,‘गठबन्धनको सम्भावना धेरै छ ।’
एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला कचनकवलमा भने कांग्रेस र एमालेले राप्रपाविरुद्ध गठबन्धनको तयारी गरेका हुन् । अघिल्लो संघीय निर्वाचनमा केपी शर्मा ओली र राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाविरुद्ध गठबन्धन गर्दा सिटौला पराजित भएका थिए । तर, अहिले भने रापप्राको बलियो पकड रहेको कचनकवलमा यी दुई दलले गठबन्धन गर्ने निर्णय गरेको जनाएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष र सदस्य जितेको थियो । यसपटक पनि जित दोहोर्याउने मनस्थितिमा रहेको राप्रपाविरुद्ध केन्द्रमै एमाले–कांग्रेसबीच गठजोड भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved