१ महिने लामो झापा बसाइ पछि राजा ज्ञानेन्द्र काठमाडौंमा (भिडियो सहित)

  • बैशाख ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह आज साँझ काठमाडौं फर्किनु भएको छ । १ महिने लामो झापा बसाई पश्चात रानी कोमल, अधिराजकुमारी प्रेरणा सहित राजा आज साझ ६: १० को बुद्ध एयरको जहाजबाट काठमाडौं आउनु भएको हो ।

गत चैत ११ गते झापा जानुभएका शाह झापाको दमकस्थित दरबारमा बस्नुभएको थियो । उहाँले त्यस दौरान बिभिन्न राजनितक भेटघाट समेत गर्नु भएको बुझिएको छ । शाह दम्पती काठमाडौं आउने खबर कतै संचारमध्यममा नआएपनि त्रिभुवन बिमानस्थलमा भने राजाप्रति आस्था राख्ने युवाहरुको बाक्लो उपस्थिति थियो ।

उनिहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजसंस्था जिन्दाबाद लगायतका नारा लगाएका थिए । आफै गाडी हाकेर आउनुभएका शाहले सर्वसाधारणको स्वागतलाई स्विकार्दै गाडीबाटै पुष्प र माला ग्रहण गनुृ भएको थियो ।

भिडियो हेर्न यहाँ किल्क गर्नुस

https://www.youtube.com/watch?v=k6Og4Kxsylo

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved